गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिँदै
मेरोन्यूज
२०७८ असार ४ गते ८:३५

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्ने भएका हुन् ।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर उनले मुख्यमन्त्री भएको एक साताभित्रै विश्वासको मत लिन लागेका छन्। विपक्षी गठबन्धनको सहयोगमा कांग्रेस संसदीय दलका नेता रहेका पोखरेल मुख्यमन्त्री भएका थिए ।
उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ। गण्डकी प्रदेश सभा ६० सदस्यीय थियो। उक्त संख्याको बहुमत ३१ पुर्याएर उनी मुख्यमन्त्री भएका थिए।
सम्बन्धित
















RSP urged to abide by Election Code of Conduct
Nepal-Qatar economic partnership discussedKathmandu : A visiting Qatari
23 days left to go for HoR polls: Ballot paper printing of 44 districts completed
‘करेन्ट’ लागेर मजदुरको निधन
खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया