असार ६ गतेबाट गरिने कांग्रेसको वडा नगर अधिवेशनको मिति सर्यो

नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा गाउँ र नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका पेश गरेका छन्। उक्त विषयमा आज पनि छलफल हुदैछ । यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ अब सोही मितिमा १४ औं महाधिवेशन हुनेछ।
यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिका
गाउँ र नगर वडा अधिवेशन – २०७८ साउन १२ गते
गाउँ र नगरपालिका अधिवेशन- २०७८ साउन १६गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ साउन २६ गते
प्रदेश अधिवेशन- २०७८ भदौ १ र २ गते
केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया