असार ६ गतेबाट गरिने कांग्रेसको वडा नगर अधिवेशनको मिति सर्यो

नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा गाउँ र नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका पेश गरेका छन्। उक्त विषयमा आज पनि छलफल हुदैछ । यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ अब सोही मितिमा १४ औं महाधिवेशन हुनेछ।
यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिका
गाउँ र नगर वडा अधिवेशन – २०७८ साउन १२ गते
गाउँ र नगरपालिका अधिवेशन- २०७८ साउन १६गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ साउन २६ गते
प्रदेश अधिवेशन- २०७८ भदौ १ र २ गते
केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया