कोरोनाविरुद्धको खोप नपाए आन्दोलन गर्ने पेट्रोल पम्प व्यवसायीको चेतावनी

काठमाडौं । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले एक विज्ञप्ति जारी गदै अषाढ २ गते नेपाल आयल निगम र पेट्रोल पम्प व्यवसायी तथा मजदुरबीच भएको छलफलमा ५४० जनालाई खोप उपलब्ध गराउने सहमति भई नामावली माग गरेकोमा अहिले खोप दिन नसकिने जानकारी गराएको भन्दै भत्सना समेत गरेको छ ।
अग्र पंक्तिमा रहेका पेट्रोल पम्प व्यवसायी तथा कर्मचारीहरुकालाई पटक पटक खोप लगाइ दिन अनुरोध गर्दा पनि हालसम्म खोप उपलब्ध हुन नसक्दा यस क्षेत्रका धेरै कर्मचारी संक्रमित भइसकेका र कतिपयको मृत्यु समेत भएका विज्ञप्तिमा भनिएको छ ।
खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ।
खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ।
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया