आइतबार, चैत १०, २०८१

कोरोनाविरुद्धको खोप नपाए आन्दोलन गर्ने पेट्रोल पम्प व्यवसायीको चेतावनी

मेरोन्यूज २०७८ असार ४ गते ९:५१


काठमाडौं । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले एक विज्ञप्ति जारी गदै अषाढ २ गते नेपाल आयल निगम र पेट्रोल पम्प व्यवसायी तथा मजदुरबीच भएको छलफलमा ५४० जनालाई खोप उपलब्ध गराउने सहमति भई नामावली माग गरेकोमा अहिले खोप दिन नसकिने जानकारी गराएको भन्दै भत्सना समेत गरेको छ ।

अग्र पंक्तिमा रहेका पेट्रोल पम्प व्यवसायी तथा कर्मचारीहरुकालाई पटक पटक खोप लगाइ दिन अनुरोध गर्दा पनि हालसम्म खोप उपलब्ध हुन नसक्दा यस क्षेत्रका धेरै कर्मचारी संक्रमित भइसकेका र कतिपयको मृत्यु समेत भएका विज्ञप्तिमा भनिएको छ ।

खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ। खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ।

खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया