मेलम्ची बाढी पीडितलाई सहयोग गर्न अपिल
मेरोन्यूज
२०७८ असार ४ गते १४:०९

काठमाडौँ । गत मंगलबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारका बासिन्दालाई राहत तथा पुनःर्स्थापनाका लागि कोष खडा गरेको छ । पालिकाले पीडित बासिन्दालाई राहत तथा पुनःर्स्थापना गर्न ५० लाख बराबरको कोष स्थापना गर्न सहयोग अपिल गरेको हो ।
बाढीले नगरपालिकाको वडा नम्बर ६, १० र ११ का सयाैँ घरपरिवार ढुवानमा परी विस्थापित भएका छन् । उनीहरूको सहयोगका लागि पालिकाले ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःर्स्थापना कोष’ स्थापना गरेको हो ।
कोषमार्फत सहयोग गर्न संघसंस्था तथा व्यक्तिले नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको खाना नम्बर १६८००१०७०५०२०९०००००१ मा रकम जम्मा गरिदिन सक्ने छन् ।

सम्बन्धित
प्रतिक्रिया