आइएमएफद्वारा विश्वव्यापी उष्णता सिमित गर्न सीमा प्रस्ताव

वाशिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार विश्वव्यापी उष्णता (ग्लोबल वार्मिंग) लाई कम गर्न र यस दशकमा कार्बनको बृद्धि न्यून विन्दूमा पुर्याउन अन्तर्राष्ट्रिय कार्बन मूल्य सीमा स्थापना गर्ने प्रस्ताव गरेको छ ।
“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताए । “विश्वब्यापी तापक्रमलाई १.५ प्रतिशतदेखि दुई प्रतिशतसम्म सीमित गर्न सन् २०३० सम्ममा उत्सर्जनलाई एक चौथाईबाट ५० प्रतिशतसम्म कटौती गर्नुपर्ने आवश्यक हुन्छ र यो दशकको अन्त्यसम्ममा प्रति टन ७५ अमेरिकी डलर बराबरको योगदानको वैश्विक उपायबिना यस्तो सम्भावना हुँदैन,” उनले भने ।
हालको विश्वव्यापी औसत उत्सर्जन मूल्य प्रतिटन तीन डलर मात्र रहेको छ । विश्वभर ६० भन्दा बढी नेशनल तथा सबनेशनल कार्बन मूल्य निर्धारण योजनाहरूको साथ प्रगति भएको उल्लेख गर्दै जर्जियावाले भने, “यस क्षेत्रका लागि हामीले धेरै लामो सहयात्रा गर्नुछ ।” जर्जियावाले भने, “आईएमएफका अधिकारीहरूले शुक्रवार अन्तर्राष्ट्रिय कार्बन उत्सर्जन सीमा प्रस्ताव प्रकाशित गरेका छन् जुन यस दशकको अवधिमा कार्बन बृद्धिलाई न्यून विन्दूमा छिट्टै पुर्याउने लक्ष्य हासिल गर्न कसरी मद्दत गर्दछ भन्ने कुरा तय गर्छ ।”
उनले योगदान सीमाबारे तीन महत्वपूर्ण तत्वहरूलाई जोड दिँदै भने, “यसले केही ठूला उत्सर्जनकर्ताहरूमा ध्यान केन्द्रित गर्दछ । जस्तै केही वा सबै जी–ट्वन्टी समूह राष्ट्रको सम्झौता कार्बन उत्सर्जनको न्यूनतम योगदानको बिषयले विभिन्न देशहरूमा ‘एकैसाथ काम’ गर्ने अनुमति दिनेछ । समान कार्बन यौगदान सीमा सम्झौता ‘लचिलो, व्यावहारिक, र न्यायसङगत“ हुनेछ र विभिन्न विकास स्तरहरू र ऐतिहासिक उत्सर्जनको आधारमा भिन्नभिन्न मूल्य निर्धारणका साथ देशहरूमा विभिन्न जिम्मेवारीहरूको लागि सुरूवात हुनेछ ।”
आईएमएफ प्रमुखले भने, “कार्बन मूल्य सीमा व्यवस्थाको मतलब कार्बन कर समान हुँदैन । “जबकि कर एक कुशल संयन्त्र हो, कार्बन उत्सर्जन योगदान सीमाले नियमन वा उत्सर्जन व्यवसायमा समान परिणाम प्राप्त गर्दछ साथै अन्य नीति तथा उपायमार्फत् यसले काम गर्न सक्दछ ।” रासस









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया