म सभापतिमा फेरि लड्छु : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको आगामी महाधिवेशनमा फेरि सभापति लड्ने बताएका छन् । ‘म फेरि सभापति लड्दैछु, अव महाधिवेशन कार्यतालिका अनुसार नै हुन्छ, तयारीमा जुट्नुस्,’ काग्रेस सभापति देउवाले प्रदेश १ का केन्द्रीय सदसयहरुलाई आफ्नै निवास बुढानिलकन्ठमा बोलाएर भने ।
देउवाले बोलाएको छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा डीला संग्रौला, सुजाता परियारलगायत सहभागी भएका थिए ।
काग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका अनुमोदन गरेको छ ।
‘महिले पार्टीमा गर्नुपर्ने अझै पनि धेरै छ । म आफै सभापतिमा फेरि लड्छु’ देउवाले केन्द्रीय सदस्यहरुसँग भने,–‘मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन भयो। हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं । अव मेरै नेतृत्वमा पार्टीलाई बलियो बनाउँछु ।’
















दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया