म सभापतिमा फेरि लड्छु : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको आगामी महाधिवेशनमा फेरि सभापति लड्ने बताएका छन् । ‘म फेरि सभापति लड्दैछु, अव महाधिवेशन कार्यतालिका अनुसार नै हुन्छ, तयारीमा जुट्नुस्,’ काग्रेस सभापति देउवाले प्रदेश १ का केन्द्रीय सदसयहरुलाई आफ्नै निवास बुढानिलकन्ठमा बोलाएर भने ।
देउवाले बोलाएको छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा डीला संग्रौला, सुजाता परियारलगायत सहभागी भएका थिए ।
काग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका अनुमोदन गरेको छ ।
‘महिले पार्टीमा गर्नुपर्ने अझै पनि धेरै छ । म आफै सभापतिमा फेरि लड्छु’ देउवाले केन्द्रीय सदस्यहरुसँग भने,–‘मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन भयो। हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं । अव मेरै नेतृत्वमा पार्टीलाई बलियो बनाउँछु ।’










समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया