सभामुख सापकोटा र भौतिक पूर्वाधारमन्त्री नेम्बाङबीच संवाद
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङबीच संवाद भएको छ । उनीहरुबीच तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा आज संवाद भएको हो ।
गएरातिको अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएको छ । सोही विषयमा सभामुख सापकोटाले मन्त्री नेम्बाङमार्फत सरकारको ध्यानाकर्षण गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
“सभामुखले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउनु भयो,’ उनको प्रेस नोटमा भनिएको छ, ‘सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको संवादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ, महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुरु गरिने जानकारी दिनु भयो ।”
भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनीको राजमार्गअन्तर्गतको सडक ठाउँ ठाउँमा भासिएको छ ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया