यूराेकपः फ्रान्स र हंगेरीबीचकाे खेल बराबरीमा

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत फ्रान्स र हंगेरीबीचको आजको खेल बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा भएको खेल बराबरीमा रोकिएको हो ।
फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिँदा हारबाट रोकिएको छ । फ्रान्सका एन्टोनियो ग्रीजम्यानले एक गोल गर्दा हारबाट रोकिएको हो । खेलको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
रोलान्ड सालियाको पासमा उनले गोल गरेका हुन् । तर, दोस्रो हाफको ६६ औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ को बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै समूह एफको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले हराएको थियो । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले एक अंक जोडेको छ ।


















Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया