यूराेकपः फ्रान्स र हंगेरीबीचकाे खेल बराबरीमा

काठमाडौँ । जारी १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत फ्रान्स र हंगेरीबीचको आजको खेल बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा भएको खेल बराबरीमा रोकिएको हो ।
फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिँदा हारबाट रोकिएको छ । फ्रान्सका एन्टोनियो ग्रीजम्यानले एक गोल गर्दा हारबाट रोकिएको हो । खेलको पहिलो हाफको इञ्जुरी समयको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए ।
रोलान्ड सालियाको पासमा उनले गोल गरेका हुन् । तर, दोस्रो हाफको ६६ औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ को बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै समूह एफको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले हराएको थियो । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले एक अंक जोडेको छ ।











इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया