विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडाैं । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गरे ।
त्यस अवसरमा उनले प्राप्त सहयोगका निम्ति बैंकप्रति कृतज्ञता व्यक्त गर्दै ती उपकरण यथाशक्य चाँडो सातवटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानहरुमा पुर्याइने बताए ।
निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको बताए । बैंकको कोभिड–१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो ।
उक्त कार्यालयले आगामी छ देखि १५ साता भित्रमा सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया