करेन्ट लागेर चापाकल मिस्त्रीको मृत्यु
मेरोन्यूज
२०७८ असार ६ गते १०:१७

सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ ।
ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए । उनका दाजु सुरेन्द्र लौगी घाइते छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।
दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिए ।
करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।
सम्बन्धित
















पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया