मंगलबार, चैत ५, २०८१

कोरोनाको खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मी मृत भेटियो, अनुसन्धानमा अन्योल

दया दुदराज २०७८ असार ६ गते १६:३८

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप पुर्याउन हिँडेकी एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् । डडेल्धुराको परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत २६ वर्षीय अस्मितादेवी धामीको शव शनिबार फेला परेको हो ।

गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी २६ वर्षीय धामी परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी हुन् । उनको शव चार दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

मृत्युको कारण अलमल

लामो समयदेखि पानी परेकाले घटनाबारे प्रमाण फेला नपरेको प्रवक्ता चन्दले मेरोन्युजलाई जानकारी दिए । ‘शवको प्रकृति हेर्दा हत्या हो वा आत्महत्या यकिन गर्न सकिँदैन, तर उनको मुखमा चोट लागेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टपछि मात्रै बाँकी कुरा खुल्छ, हामी अहिले अनुसन्धानमा छौँ ।’

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने चन्दले बताए । शव पोस्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ ।

‘शव मूल बाटोदेखि ६० देखि ७० मिटर तल फेला परेको हो, त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिनको बक्स र केहीमाथि चप्पल पनि फेला छ,’ प्रवक्ता चन्दले भने, ‘पानी परेकाले खासै उपलब्धिमूलक प्रमाण भेटिएको छैन ।’

घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोली पनि खटाइएको छ ।

कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीले सुरक्षाका अनुभूति गर्न पाएका छैनन् । स्वास्थ्यकर्मी कहिले दुव्र्यवहारमा पर्न बाध्य हुन्छन्, त कहिले कुटपिटको सिकार हुँदै आएका छन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया