जसपामा ठाकुर पक्षविरुद्ध हस्ताक्षर कीर्तेको मुद्दा दर्ता हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) निकट कानून व्यवसायीले अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन ।
अल्मतमा परेका जसपाका अध्यक्ष ठाकुर पक्षले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकटका कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।
भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको तयारी सुरु गरेका हुन् ।
‘अर्को प्रयोजनका लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरी निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ, यस्तो कसुर चाहिँ दुनियाँवादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ, यहीअनुसार दर्ता गर्न लागेका छौँ, यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौँ ।’
जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेका छन् ।
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया