जसपामा ठाकुर पक्षविरुद्ध हस्ताक्षर कीर्तेको मुद्दा दर्ता हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) निकट कानून व्यवसायीले अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन ।
अल्मतमा परेका जसपाका अध्यक्ष ठाकुर पक्षले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकटका कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।
भट्टराई–यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको तयारी सुरु गरेका हुन् ।
‘अर्को प्रयोजनका लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरी निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘कीर्ते लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ, यस्तो कसुर चाहिँ दुनियाँवादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ, यहीअनुसार दर्ता गर्न लागेका छौँ, यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौँ ।’
जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेका छन् ।










पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया