बाढी प्रभावित क्षेत्र मेलम्चीमा पानीजन्य रोगको संक्रमण, एकै परिवारका पाँच जनामा झाडापखाला

काठमाडौं । बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्चीमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रमुख दुर्गादत्त चापागाईंले उपचारपछि हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
उनीहरु मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए। झाडापखाला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य समस्या नदेखिएको उनले बताए।
उनले भने, ‘एकै परिवारका पाँच जनामा झाडापखाला देखिएको थियो। तर औषधिपछि उहाँहरुको अवस्था अहिले ठिक छ। यो बाहेक सिन्धुपाल्चोकमा अहिलेसम्म अन्य स्वास्थ्य समस्या देखिएको छैन।’
बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना विस्थापित भएको कार्यालयले जनाएको छ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया