उपत्यकामा सबै पसल खोल्न पाइने, यस्तो छ निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासनले पसलहरू खोल्न दिने भएको छ । निषेधाज्ञा थप एक हप्ता थप गरिए पनि पसलहरू खोल्न दिने निर्णय गरेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
उनका अनुसार थप गरिएको निषेधाज्ञामा बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्रीसँग सम्बन्धित पसल सञ्चालन गर्न पाइने छ । यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जासम्बन्धी पसलसमेत खुलाउन पाइने छ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाइने भएको छ ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ । यसबीच खाद्यान्न, फलफूल तथा तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खोल्न पाइने भएको छ ।















थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया