उपत्यकामा सबै पसल खोल्न पाइने, यस्तो छ निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासनले पसलहरू खोल्न दिने भएको छ । निषेधाज्ञा थप एक हप्ता थप गरिए पनि पसलहरू खोल्न दिने निर्णय गरेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
उनका अनुसार थप गरिएको निषेधाज्ञामा बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्रीसँग सम्बन्धित पसल सञ्चालन गर्न पाइने छ । यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जासम्बन्धी पसलसमेत खुलाउन पाइने छ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाइने भएको छ ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ । यसबीच खाद्यान्न, फलफूल तथा तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खोल्न पाइने भएको छ ।














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया