पर्यटन क्षेत्रलाई विशेष सापटी दिँदै लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले कोरोना भाइरस (कोभिड–१९)बाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ ।
कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।
कोषले आज आइतबार विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढी प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।
असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै भए पनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।
यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ । उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नु पर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया