बिहीबार, जेठ ८, २०८२

प्रधानमन्त्री ओलीले गराए भ्याकेट दर्ता, सर्वोच्चको आदेश बदर गर्न माग

मेरोन्यूज २०७८ असार ६ गते २२:१४

काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गरेसँगै पुनरावेदन निवेदन (भ्याकेट) दर्ता भएको छ । एमालले सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दर्ता गराएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै भ्याकेट दर्ता गराएका हुन् । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने बताएका छन् ।

सिंहको इजलासले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही मान्य नहुने भन्दै कर्णालीका चार सांसदको पद पुनर्बहाली गरिदिएको थियो । जसमा ३ सांसद कर्णाली सरकारमा मन्त्री रहेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । सोही कारण उनीहरूलाई कारबाही गरिएको थियो ।

प्रतिक्रिया