चितवन कांग्रेस सभापतिमा ८ जनाको दावी

भरतपुर । नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौं १६ देखि १९ गतेसम्मका लागि तय गरेपछि अहिले जिल्ला जिल्लामा पनि महाधिवशेनको सरगर्मी शुरु भएको छ । चितवनको जिल्ला सभापतिमै अहिलेसम्म नेतृत्वको आकाक्षा देखाउँदै ८ जनाले दावी गरिसकेका छन् । अहिलेको जिल्ला सभापतिले केन्द्रीय सदस्यमा आफु उम्मेदवार बन्ने बताएपछि अन्य नेताहरुले जिल्ला सभापतिमा दावी गरेका हुन् ।
उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा छन् । त्यस्तै, पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले पनि जिल्ल सभापतिको दावी गरेका छन् ।
चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालपनि सभापतिको चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
जिल्ला सभापति श्रेष्ठले वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताए । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न जुटिसकेको उनले बताए ।
चितवनमा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ हुन् । आजसम्म पुरानाको नवीकरण हुने भएकाले ३०÷४० जना थप हुने अनुमान छ ।
सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य रहेका छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा चार हजार ४०१, खैरहनीमा तीन हजारमा सात, राप्तीमा एक हजार ३४५, कालिकामा एक हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य छन् । यसअघि सम्पन्न अधिवेशनमा १९ हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार १०० को नवीकरण भएको कांग्रेस चितवनले जनाएको छ ।
नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।
साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।
















पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु
उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
‘Good sense’ hailed as blockbuster Pakistan-India match to go ahead
रामेछाप तामाकोशी बस दुर्घटना : ४ जनाको मृत्यु, उद्धार कार्य जारी
Two Killed in Latest US Anti-Drug Strike in Eastern Pacific
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया