उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
मेरोन्यूज
२०८३ वैशाख १२ गते ११:३७

उज्यालो नेपाल पार्टीले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।
शनिबार बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’
सबै सरोकारवाला पक्ष- सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ।
सम्बन्धित
















गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया