प्रदेश १ का यी स्थानमा हुन्छ आज भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने भएकाले सर्तक रह्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ का केही स्थान बाहेक प्रदेश २ र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि महाशाखाले जनाएको छ।
देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाले उल्लेख गरेको छ।













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया