प्रदेश १ का यी स्थानमा हुन्छ आज भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जाने, नदीनाला तथा खहरेमा पानीको सहतह बढ्न सक्ने भएकाले सर्तक रह्न मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण यातायात पनि अवरुद्ध हुनसक्ने विभागले जनाएको छ। प्रदेश १ का केही स्थान बाहेक प्रदेश २ र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको पनि महाशाखाले जनाएको छ।
देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको पनि महाशाखाले उल्लेख गरेको छ।
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया