सवारी दुर्घटनामा दुईको मृत्यु

कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया