जिल्ला प्रशासन कार्यालय ललितपुबाट भाेलिदेखि आंशिक सेवा सञ्चालन गर्ने

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गरेका हुन् ।
यहाँका तीन गाउँपालिकावासीले बुधबार तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार सेवा लिन पाउने पत्रमा उल्लेख छ । यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ ।
त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने कार्यालय खोलिएका हरेक दिन गरिने जानकारी गराइएको छ । सेवाग्राही यदि कसैलाई रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएमा कार्यालय प्रवेशमा रोक गरिने बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया