कांग्रेसमा सभापतिको दौड
डा. शेखर कोइराला ‘वान टु वान’ वार्तामा व्यस्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेका डा. शेखर कोइरालाले आइतबारबाट नेताहरूसँग ‘वान टु वान’ वार्ता गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग परम्परागत गुट छ । तर, कोइरालाको भने व्यक्तिगत सम्बन्ध र कोइराला परिवारको लिगेसी मात्रै हो । तसर्थ उनले नेताहरूसँग व्यक्तिगत डिल गरेर आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् ।
आइतबार नेपाल विद्यार्थी सँघका पूर्वअध्यक्ष तथा पार्टीका नेता बलबहादुर केसीसँग लामो छलफल गरेका डा. कोइरालाले सोमबार भने पूर्वमहामन्त्री प्रकाशमान सिंह, गगन थापासहितका युवा नेताहरूसँग छलफल गरे ।
सिंहसँग डेढ घण्टासम्म छलफल भएको उनको सचिवालयले जनाएको छ । उनी आज पनि वान टु वान वार्तामा मै रहनेछन् । उनले यसबीचमा अर्जुननरसिंह केसी, डा.रामशरण महत, बर्दिया सभापति सञ्जय गौतम, धनराज गुरुङलगायतलाई पनि वान टु वान भेटेका छन् ।
स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेताहरूसँग भेटघाट भइरहेको बताए । ‘अहिले भेटघाटमै व्यस्त हुनुहुन्छ । प्रायगरी वान टु वान भेटघाटमै उहाँ व्यस्त हुनुहुन्छ । नेताहरूसँग सुझाव लिने र त्यसै अनुरुप आफ्नो तयारीलाई अगाडि बढाउने पक्षमा उहाँ हुनुहुन्छ,’ थपलियाले भने ।
डा. कोइरालाले सिंहलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव राखेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । सिंहले भने त्यसमा जवाफ नफर्काएको स्रोतहरू बताउँछन् ।
यता कोइरालालाई नौ युवा केन्द्रीय सदस्यको टिमले सहयोग गरिरहेको छ । दीपक गिरी र चन्द्र भण्डारी नेतृत्वको नौ केन्द्रीय सदस्यको टिमले उनलाई सहयोग गरिरहेको हो ।
टिममा गुरुराज घिमिरे, कल्याण गुरुङ, बद्री पाण्डे, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णसहितका नेताहरू छन् । कोइरालालाई अर्जुननरसिंह केसी, डा. रामशरण महतको पनि समर्थन रहेको छ ।
महाधिवेशनका लागि भनेर सबैभन्दा धेरै जिल्ला घुम्ने र नेता कार्यकर्तासँग अन्तक्र्रिया गर्ने मामलामा कोइराला पहिलो नम्बरमा छन् ।
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया