एमाले भ्याकेटको सुनुवाइ भट्टराई र फुयालको इजलासमा हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट)को आज सुनुवाइ हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेट निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
कर्णाली प्रदेशका एमाले नेता माधव कुमार नेपाल पक्षका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापाले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।
उक्त आदेश खारेजीको माग गर्दै ओलीसहित कर्णाली प्रदेश सभा सचिवालयले आइतवार भ्याकेट निवेदन दिइएको थियो । एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेकाले एमालेको आधिकारिक कमिटीले गरेको कारवाहीलाई मान्यता दिन माग गरिएको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया