एमाले भ्याकेटको सुनुवाइ भट्टराई र फुयालको इजलासमा हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट)को आज सुनुवाइ हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेट निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
कर्णाली प्रदेशका एमाले नेता माधव कुमार नेपाल पक्षका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापाले ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेपछि पार्टी विधान र राजनीतिक दल सम्बन्धी ऐन बमोजिमका प्रक्रिया पूरा गरेर भएको कारवाही र पदमुक्तिलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।
उक्त आदेश खारेजीको माग गर्दै ओलीसहित कर्णाली प्रदेश सभा सचिवालयले आइतवार भ्याकेट निवेदन दिइएको थियो । एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेकाले एमालेको आधिकारिक कमिटीले गरेको कारवाहीलाई मान्यता दिन माग गरिएको छ ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया