कोरोनाले छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न

डोटी । कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । कोरोना महामारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ बिहानको छाक टार्नसमेत धौधौ परेपछि मेची–महाकाली बुहारी संयुक्त आवाज तथा एस नामक संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।
नगरपालिकामा रहेका महिला, अपाङ्गता भएका, वृद्ध तथा दलित परिवारका महिलालाई चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक देवी खड्काले जानकारी दिए । उनका अनुसार ११ परिवारलाई रु १७ हजार ५०० का दरले रु एक लाख ९२ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न राहत पाएपछि अहिले नगरभित्रका विपन्न परिवार निकै खुशी हुनुका साथै उनीहरुका घरमा भात पाक्ने अवस्था आएको शिखर–११ का कलापती दमाईले बताए ।रासस
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया