आइतबार, माघ ४, २०८२

कर्णालीमा कोरोनाबाट ३०० को मृत्यु

मेरोन्यूज २०७८ असार ८ गते १४:०९

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९० बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबस्स घण्टामा ३९२ बिरामी संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयको अद्यावधिक तथ्यांकनुसार २७ हजार ४२१ कूल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि संक्रमण दर भने नघटेको बताए । “संक्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ”, उनले भने, “कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।”

संक्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । रासस

प्रतिक्रिया