संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
मेरोन्यूज
२०८३ वैशाख १५ गते १७:०१

काठमाडाैं । सरकारले आह्वान भइसकेको संसद अधिवेशन स्थगित गरेर दुईवटा अध्यादेश ल्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदले वैशाख ८ गते गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। तर आह्वानको भोलिपल्टै सरकारकै सिफारिसमा विशेष कारण देखाउँदै अधिवेशन स्थगित गरेकाथिए ।
यही मौका पारेर सरकारले संसदीय प्रक्रिया छल्दै दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको हो। अहिले ती अध्यादेशमाथि अध्ययन भइरहेकाे राष्ट्रपति निकट स्राेतले जानकारी दिएकाे छ ।
सम्बन्धित
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया