शनिबार, वैशाख १२, २०८३

कोरोनाविरुद्ध खोप नलगाए जेल हाल्न राष्ट्रपतिको निर्देशन

मेरोन्यूज २०७८ असार ८ गते १५:०८

काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस (कोभिड–१९)विरूद्ध खोप नलगाउने सर्वसाधरणलाई जेल हाल्न निर्देशन दिएका छन् । उनले कोरोनाविरुद्ध खोप लगाउन अस्वीकार गर्नेलाई जेल हाल्न निर्देशन दिएको हो ।

Advertisement
NiccNicc

गत सोमबार एक टेलिभिजनमार्फत देशबासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘तपाईंले भ्याक्सिन लगाउनु भएन भने जेल जानु पर्ला ।’

देशमा जारी खोप अभियानमा सर्वसाधरणहरू कम मात्रामा उपस्थित भएसँगै उनले यस्तो चेतावनी दिएका हुन् । राजधानी मनिलाका खोप केन्द्रमा सिमित मानिसहरू मात्रै खोप लगाउन गएका छन् ।

फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने करिब २३ हजारले ज्यान गुमाएका छन् ।

११ करोड जनसंख्या भएको फिलिपिन्सले यस वर्षमात्रै ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया