मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित पाँच जना बाँकी, यी हुन् पदमुक्त मन्त्रीहरु

काठमाडौँ । प्रतिनिधि सभाको विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । योसँगै अब ओलीको पाँच सदस्य मन्त्रिपरिषद् भएको छ ।
संविधान अनुसार २५ सदस्य मन्त्रिपरिषद् बनाउन पाउँछ । ओलीले नियुक्त गरेका २१ मन्त्रीलाई सर्वोच्च अदालतले बदर गरेपछि अब बाँकी पाँच मन्त्री मात्रै रहेका छन् । अब ओलीसहित पाँच सदस्य मन्त्रिपरिषद् भएको छ । उनको मन्त्रिपरिषद्मा उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री बसन्त कुमार नेम्वाङ, कानुनुमन्त्री लिलानाथ श्रेष्ठ, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।
पदमुक्त हुने मन्त्रीहरूमा उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो पदमुक्त भएका छन् । मन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, शरतसिंह भण्डारी अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, श्री चन्दा चौधरी रहेका छन् ।
यस्तै, एकवाल मियाँ, नारद मुनि राना, गणेशकुमार पहाडी, मोहन बाँनिया र राज्यमन्त्रीहरूमा चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी वि।क।लाई मन्त्रीपदबाट मुक्त गर्न अन्तिरिम आदेश दिएको हो ।
उनीहरूलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो ।
















पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया