अब सरकारी अस्पताल र मेडिकल कलेजमा मात्र काेराेनाका बिरामीकाे उपचार हुने

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा आजकासम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ ।
मन्त्रालयले सङक्रमितले आफूले निजी अस्पताललाई उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् । यसरी निजी अस्पतालमा उपचार गराउदा सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ ।
सरकारले कोभिड–१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५०० , मध्यम बिरामीका लागि सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ ।
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया