प्राधिकरणले आफ्ना आयोजना बन्द : निजीको बिजुली उत्पादन बढवा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाको बिजुली उत्पादन कटौती भएपछि निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादनको मात्रा बढी देखिएको छ ।
निजी क्षेत्रका आयोजनाबाट हाल ११ हजार ७० मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हाल बन्द गरेको जनाएको छ ।
यस्तै, कालीगण्डकी लगायतका आयोजनाले पनि बाढी पहिरोका कारण पूर्णक्षमतामा उत्पादन गरेका छैनन् । सोही कारण निजी क्षेत्रका आयोजनाको उत्पादन बढी रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जनाएका छन् ।
बर्षाको समयमा समेत भारतबाट बिजुली आयात भइरहेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार कुल आयात ६ हजार ८ सय २३ मेगावाट घण्टा रहेको छ । यस्तै, प्रणालीमा ३० मेगावाट घण्टा अवरोध देखिन्छ । बाढी तथा बर्षाका कारण अवरोध भएको हो ।
वर्षाको समय भएपनि निषेधाज्ञा खुकुलो हुँदा बिजुली माग अलिक बढेको छ । हाल प्रणालीमा २६ हजार ६ सय २९ मेगावाट घण्टा विद्युत् माग रहेको छ ।
हाल मेगावाटका आधारमा पिक डिमाण्ड १ हजार ३ सय ३४ मेगावाट रहेको छ ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया