प्राधिकरणले आफ्ना आयोजना बन्द : निजीको बिजुली उत्पादन बढवा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाको बिजुली उत्पादन कटौती भएपछि निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादनको मात्रा बढी देखिएको छ ।
निजी क्षेत्रका आयोजनाबाट हाल ११ हजार ७० मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हाल बन्द गरेको जनाएको छ ।
यस्तै, कालीगण्डकी लगायतका आयोजनाले पनि बाढी पहिरोका कारण पूर्णक्षमतामा उत्पादन गरेका छैनन् । सोही कारण निजी क्षेत्रका आयोजनाको उत्पादन बढी रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जनाएका छन् ।
बर्षाको समयमा समेत भारतबाट बिजुली आयात भइरहेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार कुल आयात ६ हजार ८ सय २३ मेगावाट घण्टा रहेको छ । यस्तै, प्रणालीमा ३० मेगावाट घण्टा अवरोध देखिन्छ । बाढी तथा बर्षाका कारण अवरोध भएको हो ।
वर्षाको समय भएपनि निषेधाज्ञा खुकुलो हुँदा बिजुली माग अलिक बढेको छ । हाल प्रणालीमा २६ हजार ६ सय २९ मेगावाट घण्टा विद्युत् माग रहेको छ ।
हाल मेगावाटका आधारमा पिक डिमाण्ड १ हजार ३ सय ३४ मेगावाट रहेको छ ।













Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
Death toll rises to 35 in Philippine dumpsite collapse
One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया