भाइरल बनेकी सुब्बाको शव फेला, आफन्तबाट हत्या भएको आशंका
कसरी पुगिन् दक्षिणकाली ?

काठमाडौं । मंगलबार प्रहरीले दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा एक महिलाको शव फेला परेको थियो । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । प्रहरीका अनुसार टाउकोमा र अनुहार गम्भिर चोटपटक लागेको थियो तर अनुसन्धान गर्दै जाँदा दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको हो ।
मृत सुब्बा कालोपुलस्थित टहरामा बस्दै आएका धनबहादुर तामाङले करिब १८ वर्षदेखि धर्मछोरी बनाएर राखेका थिए । महानगरीय अपराध महाशाखाका अनुसार करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नरहेको बताएका थिए ।
सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो । उनको अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको र शवसमेत चिन्न नसक्ने अवस्थामा प्रहरीले शव भेटिएको थियो ।
चिनजानकै व्यक्तिबाट हत्या हुन सक्ने आशंका
जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई कसले दक्षिणकाली पुर्यायो किन पुर्यायो ? भन्ने विषयमा थप अनुसन्धानका लागि प्रहरीले उनको चिनजानका व्यक्ति, धेरै कुराकानी हुने व्यक्ति आदिको बारेमा जानकारी लिइरहेको र केही दिनमै हत्याराको पहिचान खुल्ने विश्वास दर्शाएको छ ।
उनले लगाएको कपडा र घटनास्थलमा फेला पारिएको केही सामानको आधारमा उनको शव पहिचान भएको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया