मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनसको इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।
इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । सबैभन्दा उत्तम रेटिङ हो भने सबैभन्दा कमजोर रेटिङ हो । जसमा ट्रिपल बि चौथो उत्तम रेटिङ हो भने डबल बि पाचौ उत्तम रेटिङ हो ।
रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुतीलाई जनाउछ । इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया