डा सुदिप श्रेष्ठलाई ललितपुर महानगरपालिकाको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठलाई सम्मान गरेको छ। महानगरपालिका प्रमुख चिरिबाबु महर्जन एवं उप प्रमुख श्रीमती गीता सत्यालज्यूको उपस्थितिमा श्रेष्ठलाई सम्मान गरेको हो ।
महर्जनले क्यान्सर निदान, उपचार र शोधमा डा श्रेष्ठले अतुलनिय योगदान पुर्याउनुभएको र डा श्रेष्ठले हालसालै पाउनुभएको कोबायाशी फ़ाउण्डेशन पुरस्कार यसै समर्पणको एक मुर्त रुप भएको बताए ।
ललितपुर महानगरपालिकाले वडाहरुका स्वास्थ्य केन्द्रहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको प्रारम्भिक निदानका लागि सुद्रिढिकरण गर्ने र स्थानीय निकायहरुको सहकार्यमा समुदायमा आधारित क्यान्सरका रोकथामका कार्यक्रमहरु संचालन गर्ने विषयमा पनि उक्त बैठकमा अधिकारीहरुसंग छलफल गरेका थिए ।
डा सुदिप श्रेष्ठज्यूले कोबायाशी क्यान्सर फ़ाउण्डेशन अवार्ड २०२० प्राप्त गर्नुभएको थियो। यो अवार्ड क्यान्सरका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने चिकित्सक एवं शोधकर्ताहरुलाई जापानको कोबायाशी फ़ाउण्डेशनद्वारा प्रदान गरिन्छ।










संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया