देउवा निवासमा गठबन्धन पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ असार ९ गते १७:५७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा गठबन्धन पक्षको बैठक सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच बैठक सुरु भएको हो ।
बैठकमा कांग्रेसबाट देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव नेपाल, भीम रावल र राजमोबाट दुर्गा पौडेल सहभागी रहेका छन् ।
हिजो मंगलबार गठबन्धन पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएको थियो।
सम्बन्धित
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया