सोमबार, पुष ७, २०८२

आजको राशिफल : आषाढ १० गते बिहीबार

मेरोन्यूज २०७८ असार १० गते ६:२५

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १० गते बिहीबार, ज्येष्ठ शुक्लपूर्णिमा तिथि । आज मष्टो पूर्णिमा, गौडु पूजा, गौरी पूजा रहेको छ । त्यसैगरी आज सदगुरु कवीरजयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
जीवनमा भए गरेका सकारात्मक पक्ष तिर भन्दा नकारात्मक विषयमा बढी मन जाने छ । मनमा उदासिनताको मात्रा ह्वात्तै बढ्न जाने छ । बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा केही सुधार देखिने छ ।

वृष
दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, व्यवसाय, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।

मिथुन
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पेशागत जीवन भने शुभ रहने छ ।

कर्कट
मनोवल कमजोर हुने छ । शारीरिक थकान र शरीर कमजोर हुने छ ।साझेदारीमा गरिएका काममा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय रहेकाले यस विषयमा सचेत रहनु होला ।

सिंह
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत जीवनमा स्थिरता हुने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ ।

कन्या
मेहनत र पराक्रमी स्वाभाव रहने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुने छैन् । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ ।

तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा काम गर्ने क्षमतामा राम्रो नतिजा देखिने छैन् । पेशागत जीवनमा भने केही अस्थिरता देखा पर्ने हुन्छ ।

वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले थिच्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ । समय धैर्य हुनु पर्ने खालको छ ।

धनु
धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ । पारीवारिक जीवन सामान्यतया सकारात्मक देखिएता पनि बोलीमा हुने कडापनका कारण परिवारमा सदस्यहरुसँग सामान्य भनाभन हुन पुग्ने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ ।

मकर
दृढ आत्माबल भएको व्यक्ति हुने हुँदा कसैसँग नडराउने स्वाभाव हुने छ । आम्दानी गर्नु पर्दछ भन्ने इच्छाशक्ति दृढ हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा बढि फाइदा मिल्ने समय छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै उच्च हुन पुग्ने हुँदा यस विषयमा विचार गर्नु होला ।

कुम्भ
पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने भएकाले सतर्क रहनु होला । प्रतिष्पर्धात्मक स्वाभावमा कमि हुने छ । बौद्धिक स्तरमा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशा देखा पर्ने छ ।

मीन
भाग्य बलियो छ । आम्दानीमा धेरै केही बृद्धि भए जस्तो हुने छ । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । धेरै जोखिमका काममा हात हाल्ने समय देखिँदैन् ।

प्रतिक्रिया