आजको राशिफल : आषाढ १० गते बिहीबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको १० गते बिहीबार, ज्येष्ठ शुक्लपूर्णिमा तिथि । आज मष्टो पूर्णिमा, गौडु पूजा, गौरी पूजा रहेको छ । त्यसैगरी आज सदगुरु कवीरजयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
जीवनमा भए गरेका सकारात्मक पक्ष तिर भन्दा नकारात्मक विषयमा बढी मन जाने छ । मनमा उदासिनताको मात्रा ह्वात्तै बढ्न जाने छ । बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा केही सुधार देखिने छ ।
वृष
दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, व्यवसाय, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला ।
मिथुन
पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पेशागत जीवन भने शुभ रहने छ ।
कर्कट
मनोवल कमजोर हुने छ । शारीरिक थकान र शरीर कमजोर हुने छ ।साझेदारीमा गरिएका काममा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय रहेकाले यस विषयमा सचेत रहनु होला ।
सिंह
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत जीवनमा स्थिरता हुने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शारीरिक सुखको अभाव हुने छ ।
कन्या
मेहनत र पराक्रमी स्वाभाव रहने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुने छैन् । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ ।
तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा काम गर्ने क्षमतामा राम्रो नतिजा देखिने छैन् । पेशागत जीवनमा भने केही अस्थिरता देखा पर्ने हुन्छ ।
वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले थिच्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ । समय धैर्य हुनु पर्ने खालको छ ।
धनु
धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ । पारीवारिक जीवन सामान्यतया सकारात्मक देखिएता पनि बोलीमा हुने कडापनका कारण परिवारमा सदस्यहरुसँग सामान्य भनाभन हुन पुग्ने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ ।
मकर
दृढ आत्माबल भएको व्यक्ति हुने हुँदा कसैसँग नडराउने स्वाभाव हुने छ । आम्दानी गर्नु पर्दछ भन्ने इच्छाशक्ति दृढ हुने छ । जीवनसाथिको सल्लाहमा काम गरेमा बढि फाइदा मिल्ने समय छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै उच्च हुन पुग्ने हुँदा यस विषयमा विचार गर्नु होला ।
कुम्भ
पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने भएकाले सतर्क रहनु होला । प्रतिष्पर्धात्मक स्वाभावमा कमि हुने छ । बौद्धिक स्तरमा बृद्धि हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा मनमा निराशा देखा पर्ने छ ।
मीन
भाग्य बलियो छ । आम्दानीमा धेरै केही बृद्धि भए जस्तो हुने छ । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । धेरै जोखिमका काममा हात हाल्ने समय देखिँदैन् ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया