अति विपन्नलाई एम्बुलेन्स भाडामा छुट

तनहुँ । व्यास–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोसाइटीले विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, टोल विकास संस्था, देशविदेशमा रहेका नेपालीबाट प्राप्त चन्दा सङ्कलनबाट सामुदायिक एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याएको हो ।
टोल वा वडाले अति विपन्न भनी सिफारिस गरेको अवस्थामा सत प्रतिशत छुटको व्यवस्था गरिएको सोसाइटी उपशाखाले जनाएको छ । कोभिड प्रभावित बिरामी, अपाङ्गता भएकालाई जुनसुकै अस्पातलमा लैजानु परे पनि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । समाजमा सुपथ मूल्यमा एम्बुलेन्स उपलब्ध गराउने भएपछि सर्वसाधारणमा खुशी छाएको छ । सुत्केरी महिलाको हकमा अस्पतालमा सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ एम्बुलेन्समा लाग्ने शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
अन्य सेवा सुविधाका लागि सोसाइटीले निर्देशिका बनाएर थप प्रदान गरिने निणर्य भएको शाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनदेखि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो । हालसम्म नगद तथा कबोल गरेको समेत गरी २९ लाख नौ हजार ७५० सङ्कलन भएकामा एम्बुलेन्स खरिदमा १३ लाख ६६ हजार ३६० खर्च भएको छ ।
बी ग्रेड किसिमको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहे पनि समय लाग्ने भएकाले तत्काललाई सी ग्रेडको बनाएर सञ्चालनमा ल्याइएको अभियानका अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए । जिल्लाको ऋषिङको कोटदरबार र देवघाट गाउँपालिका रेडक्रस सोसाइटी उपशाखाले एम्बुलेन्स सञ्चालन गरिसकेका छन् । रासस
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया