पोखरा महानगरद्वारा ६ अर्ब २७ करोडको बजेट विनियोजन

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आज बजेट विनियोजन गरेको छ । पोखरा महानगरपालिकाको नगरसभाको अधिवेशनमा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन् ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ ४६.४ प्रतिशत छुट्याइएको छ भने पुँजिगततर्फ ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।
महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजश्व बाँडफाँडबाट ३१ करोड २१ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख प्राप्त हुने र आन्तरिक आयबाट २ अर्ब २२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।
महानगरपालिको चालु आर्थिक वर्षको बजेट ५ अर्ब ३४ करोड ७१ लाख रहेको छ । संवैधानिक व्यवस्था अनुसार आज देश भरीका स्थानीय तहले बजेट ल्याउदै छन् ।
















होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया