‘मेकइन नेपाल स्वदेशी’ अभियान मिलेर कार्यान्वयन गरिँदै

काठमाडाैं । नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेकइन नेपाल स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसङ्घबीच समझदारी भएको छ । परिसङ्घले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पप्रवद्र्धन गर्ने लक्ष्यका साथ अगाडि बढाएको सो अभियानमा सरकारले समेत सहयोग गर्ने भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुङ्गा सावित हुने बताए ।
“अब सरकार र परिसङ्घ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ”, उनले भने, “सरकारले नीतिगत र प्रक्रियागत रूपमा सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ । अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम गर्नुपर्छ ।”
कार्यक्रममा परिसङ्घका अध्यक्ष सतिशकुमार मोले अभियानको महत्व र त्यसले पार्ने प्रभावका बारेमा जानकारी दिँदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया