त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

काठमाडाैं । नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ । आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको होे ।
सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ(क्यान)का सचिव अशोकनाथ प्याकुर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो ।
बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहेका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आएका थिए ।
नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन् ।


















लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया