राप्रपाको निर्णयप्रति नेतृ थापाको असहमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् ।
राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले केन्द्रीय विशेष समिति गठन गररेपछि थापाले असहमति जनाएकी हुन् ।
राप्रपाप्रति थापाले विभिन्न प्रश्न तेर्स्याएकी छन् । “कुन राप्रपाले देश हाँक्ने हो ? कुन राप्रपा वैकल्पिक शक्ति बन्ने हो ? कुन राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन राप्रपा उदाउँदो राप्रपा हो ?” थापाले प्रश्न गरेकी छन् “कुन राप्रपा नाम मात्रको पार्टी हो ? कुन राप्रपा व्यवहारमा वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?”

कुन चाहिँ राप्रपाले देश हाँक्ने हो ? त्यो राप्रपा जस्ले देशमा को को मान्छे बस्छन् थाहा पाएको हुन्छ, न्युनतम लैंगिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेस गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ भन्ने थापाको प्रश्न रहेको छ ।
राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिँदैन सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षाभन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्नेप्रति आपत्ति जनाएकी छन् ।
















शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया