मंगलबार, वैशाख १५, २०८३

ज्ञानेन्द्र गिरी लाई छानबिन गरी कारबाही गर्न नेपाल मेडिकल काउन्सिलमा उजुरी

मेरोन्यूज २०७८ असार ११ गते १३:१४


काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कारबाही गर्न मेडिकल काउन्सिलमा उजुरी परेको छ।
शशि विक्रम कार्की र आशिष राइले उनीविरुद्ध उजुरी दिएका हुन्। काउन्सिलबाट २४८७ नम्बरमा दर्ता भएका डा.गिरीले कुनै विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले हात प्रतिष्ठानको उपकुलपति भएको भन्ने सञ्चारमाध्यमबाट आइरहेको छ, विज्ञप्तिमा भनिएको छ।

Advertisement
NiccNicc

उनका सबै कागजात अध्ययन गरी दोषी पाइए काउन्सिलको ऐन २०२० को दफा २७ उपदफा १ अनुसार आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडि लेखेकोु कसुर अन्तर्गत तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना दुवै सजाय दिने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

प्रतिक्रिया