महाधिवेशन केन्द्रीत पौडेल पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार ११ गते १३:३८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय नेताहरूको छलफल बोलाएका छन्। कांग्रेसको १४ औं माधिवेशन नजिकिएपछि (आज) शुक्रबार दिउँसो २ बजे दियालो फुडल्याण्ड बसुन्धारामा बैठक बस्न लागेको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।
यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा सभापति देउवा देखिन्छन् ।
वरिष्ठ नेता पौडेल पनि सभापति उठ्ने तयारीमा छन् तर उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै औपचारिक रूपमा घोषणा गर्ने बताइरहेका छन्। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।
सम्बन्धित














45 days to go HoR polls: Election Code of Conduct comes into effect from last midnight
प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
प्रतिक्रिया