आइतबार, वैशाख १३, २०८३

महाधिवेशन केन्द्रीत पौडेल पक्षको बैठक बस्दै

मेरोन्यूज २०७८ असार ११ गते १३:३८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय नेताहरूको छलफल बोलाएका छन्। कांग्रेसको १४ औं माधिवेशन नजिकिएपछि (आज) शुक्रबार दिउँसो २ बजे दियालो फुडल्याण्ड बसुन्धारामा बैठक बस्न लागेको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए ।
यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा सभापति देउवा देखिन्छन् ।

Advertisement
NiccNicc

वरिष्ठ नेता पौडेल पनि सभापति उठ्ने तयारीमा छन् तर उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै औपचारिक रूपमा घोषणा गर्ने बताइरहेका छन्। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।

प्रतिक्रिया