राजनीतिमा लागेकाले मन्त्रालयमा धेरै समय दिन सक्दिनँ : गृह मन्त्री

काठमाडौँ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेका विष्णु पौडेलले नतिजाप्रति जवाफदेही भएर काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृह मन्त्रीको कार्यभार सम्हाल्दै उनले गृह प्रशासन र प्रहरीलाई हस्तक्षेप नगर्ने बताउँदै जवाफदेही भएर काम गर्न स्वतन्त्र रहेको बताएका हुन् ।
मन्त्री पौडेलले आफूसहित गृह सचिवले समेत कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए ।
मन्त्री पौडेलले नतिजामुखी काम चाहेको बताए । ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ, म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ, त्यस हिसाबले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरुले आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्न स्वतन्त्र हुनुहुन्छ, तपाईहरूमाथि कुनै प्रकारको हस्तक्षेप हुँदैन, मलाई नतिजा चाहिन्छ, नतिजाप्रति जवाफदेही भएर काम गर्नु ।’
उनले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी आफूकहाँ नआउन निर्देशन दिए । ‘मकहाँ एक जना प्रहरी नआओस्, तर अन्याय अनुभूत गरी आए सुन्न तयार छु। थमौती, सरुवा–बढुवा, विदेश पठाउने अवसरका निम्ति कोही नआओस्,’ उनले भने, ‘प्रहरी संगठनमा प्रमुखको हैसियतले गर्नु पर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ ।’
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालय पर्न नहुने बताए । उनले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न निर्देशन दिए । ‘राजनीतिक परिस्थितिको प्रभाव चाहिँ गृह प्रशासनमा पर्नु हुँदैन, त्यो आफ्नो ढंगले चल्दै गर्छ, त्यसबाट प्रभाव नहुनुहोला,’ उनले भने, ‘अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन ।’
मन्त्री पौडेलले आफू मन्त्रालयको कामसँगै राजनीतिमा लाग्नु पर्ने भएकाले मन्त्रालय आउन नसक्ने बताए । उनले गृह सचिवसँग दैनिक भेट हुने तर प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न सकिने बताए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया