एनआरएनए र सगुनबीच सहमति

लण्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० तथा सामाजिक सञ्जालमा आधारित इ_कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ_कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ ।
त्यस्तै प्रवासमा रहेका नेपालीद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ । एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन् । बयासी मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले शुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ ।
सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन काम गरिरहेको बताए । सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था एनआरएनएसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताए ।
सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् भने अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् । ६५ राष्ट्रहरुबाट चार हजार ५०० भन्दा बढी लगानीकर्ता यसमा जोडिएको बताइएको छ ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया