प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो : नेता नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओली प्रवृत्तिको विरोधमा आफूहरू एक ठाउँमा उभिएको बताएका छन् । ओली प्रवृतिको विरुद्धमा पार्टीभित्रै आफुहरुले विद्रोही आवाज उठाएको नेता नेपालको भनाई थियो ।
विपक्षी गठवन्धनले काठमाडौंमा शनिवार राजनीतिक विटमा कलम चलाउँदै आएका पत्रकारहरुसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले ओलीलाई सत्ता वाहेक केही नचाहिएको वताए ।
‘उहा (ओली)लाई सत्ता भएपुग्छ, अरु केही चाहिदैन,’ नेता नेपालले भने,–‘ कसैले त्यो सत्ताको कुर्सीको बारेमा प्रश्न उठाएमा उहाँ त्यो कुर्सी नै भाचिदिन्छु सम्म भन्नुहुन्छ । यो खालको प्रवृति हो केपी ओली ।’
एमालेभित्रै पार्टी मिलाउन प्रधानमन्त्री बन्ने प्रस्ताव आए के गर्नुहुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा नेता नेपालले भने,–‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् । भन्ने सम्मको प्रस्ताव आईसकेको थियो । तर, माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा म छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
उनले आफनो तन मन नै विपषी गठवन्धनतिरै रहेको पनि प्रष्टाए ।
‘मन उता, शरीर यता (गठबन्धन पक्ष) होइन, मन यता, शरीर पनि यतै छ,’ नेता नेपालले भने, –‘ संविधानको रक्षाका लागि, देश र जनताको भावनाको सम्बोधन गर्नु पर्ने पक्षमा हामी छौं ।’
अहिले आफ्नो कन्फिडेन्ट बढेको पनि नेता नेपालको भनाई थियो । ‘माधव नेपालको कन्फिडेन्ट बढेको छ, फेरि म धोका दिने मान्छे होइन, हाम्रो गठबन्धनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई अगाडि सारेका छौँ, यो रहिरहने छ ।’
















सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया