प्रधानमन्त्रीले अदालतलाई धम्की दिनु भएको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको बताउँदै यो कायम नै हुने बताएका छन् । उनले आफू प्रधानमन्त्री बन्न नभई लामो समयपछि प्रतिनिधिसभाबाट बनेको संविधानको रक्षा गर्नै पर्ने भएकाले लडाइँ लडेको बताए ।
‘हामी पाँच जना पूर्व प्रधानमन्त्रीले जुन विज्ञप्ति दिएका छौँ, त्यहाँ धेरै कुरा रहेको छ,’ प्रचण्ड भने, ‘पहिलोपटक प्रतिनिधिसभाबाट बनेको संविधानमाथि बारम्बार प्रहार भएपछि हामी एक भएका हौँ, संविधानमाथि यति प्रहार भएको छ कि, जसले लोकतान्त्रिक रक्षाका लागि आवश्यक हुन पुग्यो, हामीले कुर्सीको लोभ भएर गठबन्धन गरेको होइनौँ ।’
अब यो देशमा राजनीतिक स्थायी र विकास दिन आवश्यक छ भनेर केपी ओलीसँग पार्टी एकता गरेको बताउँदै प्रचण्डले भने, ‘केपी ओली प्रधानमन्त्री बनेर पहिलोपटक जारी गरेको बजेट नै विकास गर्ने खालको थिएन, त्यो देश विकासभन्दा बढी दोहनमा लागेको पाइयो, त्यसैले हामीले विरोध गर्यौं, त्यही विरोधले नै अहिलेको अवस्था आएको हो ।’
तत्कालीन अवस्थामा प्रधानमन्त्री र पार्टीको अध्यक्ष बन्ने जस्ता कुरामा बराबर हुने गरी हस्ताक्षर गरेको तर ओलीले आफूलाई झुट आश्वासन दिएको प्रचण्डले बताए । उनले भने भने, ‘यति झुट बोल्ने प्रधानमन्त्री देशमा हुँदा नेपालमा लाजै मर्ने भयो, मैले अदालत सेटिङमा छ भनेको थिइनँ, तर मैले बोलेको झुट बनाएर ठूलो आरोप लगाइयो ।’
‘अदालतले संविधानअनुसार फैसला गर्छ, यसमा मैले विश्वास लिएको छु, ऐन कानुनअनुसार फैसलापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुन्छ,’ प्रचण्डले भने, ‘पछिल्लो समय सर्वाेच्च अदालतलाई प्रधानमन्त्रीले धम्काउनु भएको छ, कहिले महान्यायधिवक्तालाई धम्की दिन लगाउनु भएको छ ।’
‘हामी सबै लोकतन्त्र, गणतन्त्र र संविधानका लागि लडेका हौँ, केपी ओली लडेका नेता होइनन्,’ प्रचण्डले भने, ‘अब, संविधानमाथि कसैले चलखेल गर्न सक्दैन भनेपछि देश विकासमा लाग्ने छौँ, हामी अरूबाट हेपिन चाहँदैनौँ, हामी एक स्वतन्त्र देशका नागरिक हौँ ।’
उनले आफूहरू आफ्नो पार्टी तथा संगठन विस्तार र बलियो बनाउने काममा लागेको बताउँदै संविधान, लोकतन्त्र र देश बचाउने काममा पनि लाग्ने बताए ।
यस्तै, प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आफूहरूले सक्दो सहयोग गरिरहेको बताए । यस्तै, उनले पछिल्लो समय सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा भएको विपद्मा सहयोग गर्न सरकारसँग माग गरिरहेको बताएका थिए ।
















आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया