ओलीले बालुवाटारमा बोलाए पार्टी स्थायी समिति बैठक
विद्यान महाधिवेशन बोलाउने विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले विहान ९ वजे उनले पार्टी स्थायी समिति बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाडका अनुसार, बैठक बालुवाटारमा विहान बस्ने गरी बोलाइएको हो । समसामायिक राजनीतिका विषयमा छलफल गर्ने भनी बैठक बोलाएको छ । तर यस अगाडी एमाले एकताका लागि भन्दै एमालेले स्थायी समिति बैठक दुई-दुई पटक सम्म स्थगित गरेर बसेको थियो ।
पार्टी नेता माधव नेपाल पक्षलाई विपक्षी गठवन्धनबाट छुटाउने र पार्टीभित्रको एकता जोगाउन अधिकतम प्रयास गर्ने गरी स्थायी समिति बैठक रोकेर बसेको ओली पक्षको तर्क थियो । तर नेपाल पक्षले अझै पनि विपक्षी गठवन्धनसँग कसिलो मोर्चाबन्दी गर्न थालेपछि अव के गर्ने ? भन्नेमा केन्द्रीत रहेर आजको स्थायी समिति बैठकमा छलफल हुन सक्ने नेताहरुको भनाई छ ।
ओलीले एकताका लागि आफु जेष्ठ ३ , २०७५ को पूर्व अवस्थामा फर्किन तयार रहेको र त्यसका लागि सर्वाेच्च अदालतमा पार्टी नेताहरुले विपक्षी नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका थिए ।
तर नेपालले हस्ताक्षर फिर्तालाई अश्वीकार गदै आएको छ ।
कर्णाली प्रदेशका पूर्नवाहाली भएका सांसदहरु पार्टी निर्णय अटेर गदै अझै पनि माओवादी नेतृत्वको सरकारको सुरक्षा कवज बनेर वसिरहेको, सर्वाेच्चले पार्टीले कारवाही गरेका सांसदको पर्नूवाहाली गरेको र तयसका लागि भ्याकेटमा समेत अदालतमा पुगेको अवस्थामा पनि पार्टी बैठकमा समिक्षा हुने बताईएको छ ।
त्यसका अतिरिक्त बैठकमा माओवादीबाट एमाले समाहित भएका नेताहरुको समायोजनाको विषय पनि छलफल हुन सक्ने बताईएको छ । राष्टिय परिषद् सदस्य देखि प्रदेश कमिटि सम्मका विषयमा माओवादी छोडेर एमाले आएका नेताहरुको समायोजनका विषयमा हिजो मात्रै माओवादी छोडेर आएका नेताहरुको धोविघाट स्थित एक रेष्टुरेन्टमा छलफल भएको थियो ।
आजको वैठक पछि माधव नेपाल पक्षलाइ एकतामा आउन चाहे अन्तिम मौका दिने गरी निर्णय आउन सक्ने पनि नेताहरु बताउँछन् ।
त्यसो त नेताहरुले विद्यान महाधिवशेन बोलाउने विषयमा पनि यो स्थायी समिति बैठकले केही निर्णय गर्न सक्ने बताएका छन् । एमालेले भित्रभित्र विद्यान महाधिवशेन बोलाउने बारेमा छलफल गरिरहेको छ । वादल समुहले हिजो राष्टिय परिषद् सदस्यमा आफनो तर्फबाट आएकाहरुको सूचि तयार पार्न गरेको छलफल र त्यो छलफल लगत्तै एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता विष्णु पौडेललाई उनकै निवास पुगेर गरेको भेटले पनि त्यस कुराको पुष्टि गर्छ ।
एमाले प्रवक्ता ज्ञवालीले विद्यान महाधिवेशनका विषयमा छलफल भईरहेको भएपनि नेपाल पक्ष एमालेमा रह्ने नरहने विषय पहिले क्लियर भए त्यसले एउटा खाका दिन सक्ने बताएका छन् ।
अन्तरिक छलफल छन्, स्थायी समितिमा छलफल हुन सक्छन्, नेता ज्ञवालीले भने ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया