उपत्यकामा निषेधाज्ञा थपिने, सार्वजनिक गाडी खुलाउने एजेण्डा छलफलमा

काठमाडौं । उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा लम्ब्याउने गृहकार्य सुरु भएको छ । कोरोना भाईसरको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी गरेको हो ।
संक्रमण केही कम भएपनि जोखिम उस्तै रहेकाले थप एक हप्ता लम्ब्याउने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मेरोन्युजलाई जानकारी दिए ।
अझ कति लब्याउन सकिन्छ या के के मा कडाई गर्न सकिन्छ भन्ने विषयमा उपत्यकका ३ प्रमुख जिल्ला अधिकारीहरु आज ४ बजे वैठक बस्ने प्रजिअ भट्टराईले बताए । उनले भने, ‘थप हुने निषेधाज्ञामा सार्वजनिक गाडी खुलाउने या नखुलाउने भन्नेबारे छलफल हुने छ । विज्ञले संक्रमणको जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् । अब यो कुरा वैठकले निर्णय गर्छ ।’
अहिले निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।
काठमाण्डौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदै छ । यसअघि उपत्यका प्रशासनले ७ गतेदेखि स्मार्ट निषेधाज्ञा गरेको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया