खुकुरी प्रहार गरी छोराद्वारा बाबुको हत्या
मेरोन्यूज
२०७८ असार १३ गते १३:१२

काठमाडौं । खोटाङमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मानिवासी २८ वर्षीय सुवर्ण राईले ७२ वर्षीय बाबु चन्द्रबहादुरको खुकुरी प्रहार गरी हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ्का अनुसार आज बिहान पौने ५ बजे छोरा सुवर्णले वृद्ध बाबु चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बाबुको हत्या गरी फरार भएका सुवर्णलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । छोराले बाबुको हत्या गर्नुको खास कारण खुलेको छैन ।
घटनाबारे खोटाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया