माधव नेपाललाई मिलाउने प्रयासमा ओली, महाधिवेशन आयोजक कमिटी खारेज गरिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते बनाएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । आयोजक कमिटी खारेज गर्नका लागि आगामी १६ गते पार्टीको बैठक बोलाइएको स्रोतले जानकारी दिएको हो ।
महाधिवेशन आयोजक कमिटी खारेज गरेसँगै पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी ब्युँतिने छ । यससँगै पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन पाउने छ ।
आइतबार बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी एकताका लागि सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।
ओलीले गत २३ जेठमा माधव कुमार नेपालसँग पार्टी एकता गर्ने भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उक्त प्रस्तावमा नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न अपिल गरेको छ ।
तर, नेपाल पक्षले २ जेठ २०७५ अगाडिको अवस्थामा पार्टी फर्किनु पर्ने अडान लिँदै आएका छन् ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया